सेनाले गस्तीमा हिँडाएका एक व्यक्ति अढाइ वर्षपछि चिहानमा फेला परेका छन्
त्यतिखेर ज्ञानीदेवी रातो सारीमा सजिएर रत्यौलीमा रमाउँदै हुनुहुन्थ्यो । उहाँले कल्पना पनि गर्नुभएको थिएन, अढाइ वर्षअघि बेपत्ता हुनुभएका आफ्ना पति हरपि्रसाद बोलखेलाई सेनाले मारेर समाधिस्थ गरेको अनुमानमा चिहान खोतल्न मानिसहरू आउने छन् । खबर पाएपछि उहाँ दुई स-साना छोरीसहित हुर्हुराउँदै घर आउनुभयो । उहाँको आँखामा केही अनिष्ट सुन्नुपर्ने आशङ्का र त्राश प्रस्ट देखिन्थ्यो ।
राष्ट्रिय मानवअधिकार आयोगको टोली चिहानबाट कङ्काल झिकेर काठमाडौँ हिँडेपछि नेपाल संवाददाता घटनास्थल चलाल गणेशस्थान गाविस-१, मूलखोला मसानघाटबाट करीब ३५ किमी टाढा काभ्रेपलाञ्चोकको फूलबारी गाविस-८, लकाइनेस्थित उहाँको घरमा पुगेको थियो । चिहान खनिएका बारे बेखबर उहाँलाई जानकारी नदिई बेपत्ता पतिका बारेमा कुरा गर्दा उहाँ आफ्ना पति र्फकने कुरामा आशावादी देखिनुहुन्थ्यो । राज्य यति अपराधी हुनसक्छ भन्ने कल्पना ज्ञानीदेवीले गर्नुभएको पनि थिएन ।
बिहेको रमाइलोबाट बोलाएर ल्याइएकी ज्ञानीदेवीभित्र निराशा र पीडा मात्र छैन, नाता पर्नेले जग्गाको झगडाका कारण माओवादीको आरोपमा पोलेकोले सेनाले लगेको उहाँलाई राम्ररी थाहा छ । भन्नुहुन्छ, "मेरो लोग्नेको ज्यान तलमाथि भएको भए म घरखेत गए पनि छाड्दिनँ । हामीले नदेखे पनि कसले पक्राएको भनेर बनेपाका मान्छेले त भनेका छन् नि !"
घरपरविारलाई यसबारे जानकारी नभए पनि बेपत्ता हरपि्रसादका दाजु रामप्रसाद, दुई जना भाइहरू सागर र प्रेमले भने सहोदरको चिहान खनेको हेररिहनुभएको थियो । लगातारको खोजीपछि कङ्कालमा बेरएिको कपडा बल्लबल्ल भेटिएपछि वियोगान्त तीनै जना दाजुभाइ सहमत हुनुभयो, कङ् काल हरकिै हो । सागर भन्नुहुन्छ, "कपडा र जुत्ता पनि उहाँकै हो । " भाइ प्रेम कङ्कालको दाँत पनि आफ्ना बेपत्ता दाजुसँग मिलेको बताउनुहुन्छ । चिहान खन्दा शवमाथि रहेको खैरो रङको रेग्जिनको जुत्ता पुरएिको अवस् थामा पाइएको छ । कङ्काल रातो रङको ज्याकेटले छोपिएको थियो ।
अँगालो मारेर पक्राउ
असार २१ गते काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका भन्दा करीब सात किलोमिटर दक्षिणमा पर्ने चलाल गणेशस्थान गाविस-१, मूलखोला, मसानघाटनजिकै सल्लाको फेद भन्ने ठाउँको राजकुमार तामाङको निजी वनमा चिहान खनिएको हो । वरपिर िसल्ला, गुराँस र चिलाउनेको झाडीबीचको अप्ठेरो पाखो, बाटोबाट करीब एक यस मिटर उकालोमा सो चिहान फेला पारएिको थियो ।
हरपि्रसाद बोलखे -छेत्री) श्री मेमोरयिल अस् पताल, बनेपामा अवस्थित चर्चका 'पाष्टर' -धर्मगुरु) हुनुहुन्थ्यो । ३७ वषर्ीय बोलखे ०६० पुस १२ गते पक्राउ पर्नुभएको थियो । "बिहान मसँगै चिया खाएर नयाँबानेश्वर -काठमाडौँ) बाट 'जिल्ला जान्छु' भनेर हिँडेको, चारदोबाटो, बनेपा पुगेपछि पक्राउ परेछ," फुलबारी-५ का मधुसूदन सत्याल बताउनुहुन्छ । पक्राउ गरेको प्रत्यक्षदर्शी बनेपा चारदोबाटोमा पसल गरेर बस् ने फूलबारीकै धनकुमारी बोलखे भन्नुहुन्छ, "शनिबारको दिन, चर्च जान लागेको हो कि ! खड्ग भन्ने प्रहरीको सीआईडीले समातेर साथीजस्तै अँगालो मारेर पहिला उता लगेर फेर ियता फर्कायो । अर्कोले फोन गर्यो ।"
धनकुमारीका अनुसार, पक्राउ गरँिदा हरसिँग फूलबारी-१ का कान्छा तामाङ पनि हुनुहुन्थ्यो तर त्यसपछि उहाँले फेर िहरलिाई कहिल्यै देख्नुभएन । हरपि्रसादलाई हवल्दार खड्गबहादुर लामाले ०६० पुस १२ गते डीएसपी सा'पले बोलाउनुभएको छ भनेर पक्रेर लगेको थाहा भएको छ । खड्गबहादुर अहिले जिल्ला कारागार भक्तपुरमा कार्यरत हुनुहुन्छ ।
यो गिरफ्तारी हरपि्रसादको दोस्रोपटकको थियो । उहाँ यसअघि पहिलोपल्ट ०५८ वैशाख २४ गते पनि पक्राउ पर्नुभएको थियो । गाविसको टेलिफोन सञ्चालन गररिहनुभएका हरपि्रसादलाई त्यसबेला माओवादीलाई टेलिफोन प्रयोग गर्न दिएको आरोपमा पक्राउ गरएिको थियो । स्थानीयवासीका अनुसार, त्यसबेला माओवादीको सङ्गठन विस्तारमा चार-पाँच महिना हिँडेको भए पनि त्यसअघि नेपाली काङ्ग्रेसका कार्यकर्ता हुनुहुन्थ्यो । तर, विद्रोही नेकपा माओवादीले हरपि्रसाद आफ्ना कार्यकर्ता नभएको जनाइसकेको छ ।
कम्ब्याट लगाएर सर्चमा
पहिलोपल्ट गिरफ्तार गर्दा उहाँलाई तीन महिना देवीनाथ गण, पाँचखालमा तीन महिना बेपत्ता पारी थुनिएको थियो । ०५८ साउनमा खरपिाटी ब्यारेक, भक्तपुरमा राखिनुभएका उहाँलाई ०५९ असार ३० मा धुलिखेल कारागार सारएिको थियो, जहाँ पिताले भेट गर्न पाउनुभएको थियो । ०६० वैशाख ७ गते सर्वोच्च अदालतको आदेशबाट हरपि्रसाद मुक्त हुनुभएको थियो । तर, यो मुक्तिपछि उहाँ घरमा नबसी बनेपामै रहेर 'पाष्टर' को काम गर्न थाल्नुभयो ।
दाजु रामप्रसाद बोलखेका अनुसार, पछि माओवादीको डरले बनेपाबाट उहाँ काठमाडौँ सर्नुभएको थियो । उहाँलाई 'सिमलचौर गाविसको नमोबुद्धसम्म ल्याऊ, पुरस्कार दिन्छु भनेका थिए, माओवादीले' रामप्रसाद भन्नुहुन्छ, "कहिलेकाहीँ घर आए पनि साँझ-बिहान लुकेर आउँथ्यो ।"
अन्तिमपटक हरपि्रसाद ०६० पुस ८ गते घरबाट हिँड्नुभएको हो । त्यसको केही दिनअघि काभ्रेकै पात्लेखेत र फूलबारीको सीमामा भेटिएको गाग्रीबमको अभियोग हरपि्रसादलाई लगाई नौ नम्बर बाहिनी, भकुन्डेवेसीमा उजुरी पर्यो । उजुरी उहाँकै सानीमाको छोराले गरेको परविारको आरोप छ, जससँग जग्गाको झगडा थियो । उजुरीका आधारमा पुस ५ गते उहाँको घर खानतलासी गरयिो । पुस ८ गते उहाँले त्यहाँका मेजर ज्योतेन्द्र महतसँग भेट गर्नुभयो र आफन्त पर्ने महतसँगै खाना खाएर बिदा हुनुभयो । "मैले सबै कुरा बताएँ, डराउनुपर्दैन भनेर उहाँ जानुभएको थियो," श्रीमती ज्ञानीदेवी आफ्ना पतिसँगको अन्तिम कुराकानी सम्भिmनुहुन्छ । त्यहाँबाट सरुवा हुनुभएका मेजर ज्योतेन्द्र अहिले डडेल्धुरामा हुनुहुन्छ ।
पक्राउपछि हरपि्रसाद बोलखेलाई शत्रुमर्द्धन गुल्म, धुलिखेलमै राखिएको थियो । ०६० फागुन १ गते हरपि्रसाद र माओवादीको आरोपमा पक्राउ परेका अन्य दुई जना बन्दीहरू रामप्रसाद सुवाल र राजन परयिारलाई सेनाको 'कम्ब्याट ड्रेस' र गोलीबिनाको बन्दुक भिराएर गाउँतिर हिँडाइएको थियो । फेर ित्यसै दिन बिहान हरपि्रसादलाई 'ड्रेस' लगाएर धुलिखेलबाट पैदल पनौती पुर्याइएको थियो । अन्य दुई बन्दीहरू, रामप्रसाद र राजन पनौतीस्थित सुरक्षा क्याम्पमै हुनुहुन्थ्यो । 'माओवादी देखाउन' यी तीन जनालाई अघि लगाएर ६०-७० जना सैनिकको टोली 'सर्च' मा गाउँ पस्यो । सो टोली शत्रुमर्द्धन गुल्म धुलिखेलमा दरबन्दी रहेका पनौती शाखामा कार्यरत लेफ्टिनेन्ट बाबुराम थापाको कमान्डमा गएको अनुसन्धानका क्रममा पत्ता लागेको थियो । हरपि्रसादलगायत तीन जनालाई अघि लगाएर सर्चमा पठाउने शत्रुमर्द्धन गुल्मका तत्कालीन मेजर कृष्णध्वज थापा भने अहिले नौ नम्बर बाहिनी भकुन्डेबेसीमा हुनुहुन्छ ।
सर्चमा हिँडेका सेनाले पहिलो रात उहाँहरूलाई कामीडाँडामा बास बसाए । दोस्रो रात हात्तीसुडेमा बास बसाएका थिए भने तेस्रो रात पनि उहाँहरू तीन जनालाई सँगै ढुङ्खर्कमा बास बसाएको पनि अनुसन्धानका क्रममा फेला परेको छ । उहाँहरूलाई टोलीमा हिँड्दा बम बोकाएर पड्काउनसमेत लगाएको पत्ता लागेको छ ।
हिँडाएको चौथो दिन ०६० फागुन ४ गते हरपि्रसाद बोलखे मारनिुभएको थियो । त्यस दिन सेनाले तीनवटा टोली बनायो । प्रत्येक टोलीमा एक-एक जना बन्दी हुनुहुन्थ्यो । बोलखे निकै मोटोघाटो हुनुहुन्थ्यो । पहिलोपल्ट जेलबाट छुट्दा त उहाँको तौल ८६ किलो थियो । उहाँ हिँड्न पनि त्यति सक्नुहुन्नथ्यो ।
गोली चल्यो सल्ला वनमा
बिहान त्यस्तै सात बजेको हुँदो हो, मूलखोला, मसानघाटमास्तिर सल्ला वनमा गोली चल्यो । ढुङ् खर्क गइरहेको बस त्यहीँ नजिक पुगेको थियो, रोकेर सेनाले जाँच पनि गर्यो । मूलखोलाका जयबहादुर तामाङका घरबाट सैनिक जवानहरूले आफैँ झिकेर कोदालो र साबेल लगे । जयबहादुर र उहाँकी श्रीमती तीर्थमाया दुवै घरमा थिएनन् । "बूढा डेरी गयो, म पाखामा गा'को थियो, घरमा केटाकेटी मात्र थिए, आफैँ झिकेर लगेछन्," तीर्थमाया भन्नुहुन्छ, "म घाँस काट्दै थियो, गोली पड्केको आवाज आयो । म घर आउँदा त सेना फर्किसकेछ ।" तीर्थमायाको साबेल र कोदालो अझै भेटिएको छैन । सेनाले हरपि्रसादसँगै 'सर्च' मा लगेका रामप्रसाद सुवाल र राजन परयिार जीवितै हुनुहुन्छ । उहाँहरू थुनामुक्त भइसक्नुभएको छ ।
'गाउँको वनमा गोली चल्यो, को मारयिो होला नि !' गाउँलेले गोलीको आवाज सुनेर मनमनै तर्कना गरे तर कसैले मुख खोलेनन् । यतिसम्म कि तीर्थमायाले हतियार पनि खोज्नुभएन । "फर्किंदा सेनाले ' तिमीहरूका एक-दुई जना पाहुना घटाइदियौँ' भन्दै फर्केका थिए," मूलखोला, मसानघाटका लीलाकुमार तामाङ त्यो त्रासदी सुनाउनुहुन्छ, "त्यसबेला को बाहिर निस्कनु, बाहिर भएका पनि घरभित्र पसे, भित्र भएकाको निस्कने के आँट !" अहिले युद्धविरामको समयमा चिहान खन्न जाँदासमेत स् थानीय पाँच जना पनि जम्मा भएनन् । घरमा भएकाहरू पनि जङ्गलमा गएनन् । त्यसताका गाउँमा सेना आइरहने गरेको लीला बताउनुहुन्छ ।
चिहानडाँडाका राजकुमार तामाङको पाखाको सो निजी वनमा दाउरा काट्न जाँदा मूलखोलामा गिट्टी कुट्ने एक महिलाले सिनोको गन्ध थाहा पाउनुभयो । उहाँ दाउरा छाडेरै भाग्नुभयो तर पनि कसैलाई भन्नुभएन । सो वनमा मान्छे मारेर गाडेको सबैलाई थाहा भए पनि मुख कसैले खोलेनन् ।
ब्यारेकबाट भने तीन जनालाई 'सर्च' मा लगिएको तर दुई जना मात्र फर्केको, मूलखोला क्षेत्रमा गोली चलेको, हर िहराएको चर्चा बन्दीहरूबीच व्यापक भयो । बन्दीसँग भेट गर्न जाँदा आईसीआरसी -अन्तर्राष्ट्रिय रेडक्रस) का प्रतिनिधिलाई बन्दीहरूले यो घटना बताए । ०६१ असोजमा खोजीमा लागिरहेका भाइ प्रेमलाई आईसीआरसीका प्रतिनिधि जिल्बर्टले सो अपुष्ट समाचार बताउनुभएको थियो । तर, उहाँले परविारमा नकारात्मक प्रभाव पर्नसक्ने डरले सो कुरा आफ्नो मनभित्रै राख्नुभयोे ।
मान्छे खोज्दा चिहान
बेपत्ता भएको करीब डेढ वर्षपछि ०६२ साउन ३ गते मात्र राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गरएिको थियो । बेपत्ता नागरकिको स्थिति पत्ता लगाउन सहसचिव नारायणगोपाल मलेगोको संयोजकत्वमा गठित छानबिन समितिले ०६१ असोज २५ गते हरपि्रसाद बोलखेका बारेमा सार्वजनिक गर्यो, "आतङ्ककारी तथा विध्वंशात्मक कार्य -नियन्त्रण तथा सजाय) अध्यादेशअन्तर्गत नजरबन्दमा रहेकोमा मिति ०६०/१/८ मा छाडिदिएको र निज मासिक रूपमा जिल्ला प्रहरी कार्यालयमा हाजिर हुँदै आएकोमा मिति ०६०/९/२४ मा हाजिर हुनुपर्नेमा नआएको भन्ने जिप्रका काभ्रेको ०६१/६/६ को पत्रबाट जानकारी प्राप्त भएको ।" गृहको यो जानकारीले मारइिसकेको भनेर सुनेका भाइ प्रेमलाई पनि दाजु मारएिको अपुष्ट समाचारमा विश्वास घट्यो ।
पछिल्लोपल्ट ०६३ असार १० गतेदेखि राष्ट्रिय मानवअधिकार आयोगले काभ्रेमा बेपत्तासम्बन्धी अनुसन्धान शुरू गर्यो । आयोगका अधिकृतद्वय वासुदेव बजगाईं र रेगम महर्जनको टोलीले हरपि्रसादको हत्याका बारेमा जानकारी पायो । त्यसपछि घटनास्थलतर्फ गएको टोलीले गाउँलेहरूसँग भेटघाट गर्यो । "जङ्गलभर िघुमेर हेर्दा एक ठाउँमा कालोझार हलक्क मौलाएको देखेँ," चिहान पत्ता लगाउने अधिकृत बजगाईं भन्नुहुन्छ, "अप्ठेरो ठाउँ, त्यसमाथि जङ्गल । ठाउँ भेट्न निकै गाह्रो भयो, कालोझार फाँडेर खनेर हेर्दा मान्छेको हातको हड्डी र ज्याकेट देखियो ।"
असार १३ गते मानव चिहान पत्ता लागेपछि त्यसको आठ दिनपछि २१ गते आयोगले सो चिहान खनेको हो । त्रिवि शिक्षण अस्पताल, फरेन्सिक मेडिसिन विभागका चिकित्सकद्वय डा हरहिर वस्ती र प्रमोद श्रेष्ठको आयोगका तर्फबाट चिहान खनेर कङ्काल झिकेका थिए । अहिले सो कङ्काल डीएनए परीक्षणका लागि शिक्ष्ाण अस्पतालमा राखिएको छ ।
यसरी कङ्काल झिकेर अनुसन्धान थालिएको यो दोस्रो घटना हो । यसअघि ०६२ पुस २७ गते सेनाले मारेर गाडेको धादिङ, केवलपुरकी १५ वषर्ीया किशोरी सरला सापकोटाको कङ्काल झिकेर अनुसन्धान थालिएको थियो । उहाँलाई मध्यरातमा सेनाले घरबाट उठाएर लगी सोही रात मारेर चौतारो नजिक गाडेको थियो । -हेर्नुस्, नेपाल ९ माघ ०६२) कङ्काल झिकेको छ महिनासम्म पनि अझै डीएनए परीक्ष्ाणको प्रतिवेदन आएको छैन । डा प्रमोद श्रेष्ठका अनुसार, केही समय रोनाष्टमा राखी त्यसपछि डीएनए परीक्षणका लागि भारत पठाइएको छ ।
अहिले देशभर ियस्तै बेपत्ता पारएिकाहरूको चिहानैचिहान छन् । सयौँ चिहान खन्नुपर्ने अवस् था छ । सेनाका मान्छेले नीति बनाएरै शिवपुरीमा हत्या गरेका भैरवनाथ गुल्म महाराजगन्जका ४९ जनादेखि जीवित रहने आशा मारेका करीब पाँच सय बेपत्ता पनि चिहानमा भेटिन सक्छन् । एउटा चिहान खनेर कङ्काल झिकी डीएनए सक्दा करीब एक लाख रुपियाँ लाग्ने गरेको छ । एउटा डीएनए परीक्ष्ाण गर्न छ महिनाभन्दा लामो समय लागेको सरलाको अनुसन्धानले देखाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment