Wednesday, May 31, 2006

आयो बन्दुक दल
२००७ सालको राजनीतिक परिवर्तनसंगै प्रजातान्त्रिक सरकारलाइ अस्थिर बनाउन खुकुरी दलको जन्म भएको थियो । खुकुरी दलको काम नै आतंक शुरु गरी बहुदलीय प्रजातन्त्रलाइ बदनाम गराउने थियो । यसमा राणाकालका भरत शम्शेर राणा कि्रयशिल रहेका थिए । अनी उनलाइ त्यसवेला दरवारले सहयोग पुर्याएको इतिहासकारले लेखेको पानामा कैद तथ्यले देखाउंछ । खुकुरी दलको पहिलो निसाना थियो तत्कालिन गृहमन्त्रि विपि कोइराला । कोइरालामाथि सांघातिक आक्रमणका लागि कोइरालाको निवासमा पुगेका जत्थामाथि कोइराला आफैंले गोलि प्रहार गरेका थिए । त्यो क्रममा एक जनाको मृत्यु पनि भएको थियो ।समय बदलियो । प्रजातन्त्रको स्थानमा अहिले लोकतन्त्र आएको छ । अनी खुकुरीको स्थानमा बन्दुक । लोकतन्त्रको स्थापनासंगै राजाको अधिकारमाथिको कटौतिसंगै उपत्यकामा बढेको लुटपाट र डकैतिको घटना के पैसाको लागि अपराधिक गिरोहको मच्याएको आतंक मात्र हो त हैन अहिले लोकतन्त्रको बदनाम गराउन निरंकुशताका पुजारीहरुले जन्माएको खुकुरी दलको यो दोस्रो स्वरुप हो ।यो काण्डमा को को सहभागि छन् त भनेर खोज्न धेरै मेहनत गर्नै पर्दैन । राजाको सकि्रयकालमा जयदेश जय नरेश भनेर हिडेका गुण्डाहरुको टोलि नै अहिलेको यो काण्डमा सहभागि भएका छन् । अनी उनीहरुलाइ सहयोग गरीरहेका छन् माघ १९ ल्याउने ग्रयाण्ड डिजाइनरहरु ।को को हुन् त माघ १९ का ग्राण्डडिजाइनर भनेर खोजिरहनु नै पर्दैन नी । सर्सर्ति नाम सम्झेर लेखेमात्र हुन्छ । यो बन्दुक दलका मुख्य नाइके हुन् त्यही पुर्व सेजनापति सच्चितशमशेर जवरा जो जोरपाटी नयांवस्तिमा रहेको आफ्नो शानदार बंगलामा बसेर यो सबै योजना बनाइरहेका छन् । अनी उनलाइ गुण्डा जुटाएर सहयोग गर्नेमा कमल थापाका भाइ अखिल नेपाल फुटवल संघका अध्यक्ष गणेश थापा मुस्कान सेना खोलेर बसेका मुस्कान पौडेल निर्मल गुरुङ्ग लगायतका सहभागि रहेका छन् ।उनीहरुलाइ हिरासत भित्र भएपनि निच्छेशमशेरका चेलाहरुले सहयोग पुर्याइरहेका छन् । यसका लागि सो टोलिले प्रहरीको सहयोगमा प्रहरी कार्यालयमा रहेको मोष्ट कि्रमीनलहरुले सहयोग गरिरहेका छन् । अझ मैले त के सम्म सुनेको छु भने अहिले जेलमा रहेका अराधिहरुलाइ समेत सो काममा प्रयोग गरिएको छ रे ।आजको घटनाको विष्लेषण गरौं न । आज बौद्ध पिपल बोटमा भएको लुटपाट घटना र गोलिकाण्डको सुत्रधारको निर्माण ठमेलमा भएको रहेछ । ठमेलको एक होटलमा लुटपाटमा संलग्न ब्यक्तिहरु बसेका रहेछन् । उनीहरु भ्यान रिजर्भव गरेर बौद्धतिर लागेका रहेछन् । स्मरण रहोस् ठमेल क्षेत्र नामुद गुण्डा दिपक मनाङ्गेको क्षेत्र हो जो अहिले सरकारि मामाघरमा बन्दि अवस्थामा रहेका छन् ।राजाको प्रत्यक्ष शासनकालमा प्रकाशित समाचारमा ध्यान दिउ त । तत्कालिन मान्त्रिमा सहभागि रहेको बेलामा निच्छे लगायतका मन्त्रिमण्डलका सदस्यहरु दिपक मनाङ्गेलाइ भेट्न बारम्बार जेलमा गएरहन्थे । अब यि दुबै सिक्वेन्सलाइ जोडेर हेरौं त सहजै थाहा भइहाल्छ नी को रहेछ आजको लुटपाटको घटनाका नाइकेहरु ।आजको मात्र घटना के हेर्ने यस अघिका घटना र आजको घटना उस्तै त होनी । आजको भिन्नता भनेको गोलिवारी भयो । जस्वाट निर्दोश २ जना बैंकका गार्ड र लुटेराले प्रयोग गरेको माइक्रोका चालकको मृत्यु भएछ । सायद बौद्ध प्रहरी कार्यालको हाकिमको भुइमा खुट्टै छैन होला । जे भएपनि काकाको नाक राखिदिए नी । बुझिएन कि क्या हो । अहिले बौद्ध कार्यालयमा आएका प्रहरि निरिक्षक गृहमन्त्रि सिटौलाका भतिज हुन् नी । अनी आजको अर्को सफलता भनेको दुइ जना लुटेका नाइके पक्राउ परेका छन् ।अब नियन्त्रणका लागि सरकारले के गर्नुपर्छ त्यो त मैले भनिरहन पर्दैन होला नी । यदि पर्छ नै भने सच्चितको घर कहां छ त्यो माथि नै लेखेको छंदै छु । अब त्यो मुस्कान सेनाको कार्यालय तिनकुनेमा रहेको छ । निर्मल गुरुङ्गको कार्यालय भने महाराजगज क्षेत्रमा नै रहेको छ । यि सबैलाइ पक्राउ गरी केरकार गर्ने हो भने रहस्य सबै थाहा भइहाल्छ नी हैन र /
बैंक लुट्ने प्रयासमा भएको दोहोरो फायरिङमा तीनको मृत्यु
बुधबार बिहान ११ बजे नेबिल बैंक जोरपाटी शाखा लुट्न आएका हतियारधारी लुटेराहरुको समूह र प्रहरीबीच दोहोरो गोली हानाहान हुँदा तीनको मृत्यु भएको छ। मृत्यु हुनेमा लुटेराहरु लिएर आएका माइक्रोबसका चालक छेवाङ लामा र सुरक्षागार्डहरु तेजबहादुर थापा र प्रेमबहादुर तामाङ रहेका छन्।गोली लागी घाइते भएका सुरक्षागार्ड तामाङको उपचारार्थ नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा मृत्यु भएको थियो भने अर्का सुरक्षा गार्ड तेजबहादुर थापाको मेडिकेयर अस्पतालमा उपचार हुदाँहुदै मृत्यु भएको थियो। प्रहरीको गोली लागी घाइते भएका लुटेराहरु चढी आएका माइक्रोबसका चालक लामाको भने शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।परेवा सहकर्मी मणि दाहालले घटनास्थलबाट पठाएको समाचार अनुसार स्थानीयबासिन्दाले लुटेरा समूहका नाइके अजय राई र देवराज भट्टराईलाई समातेर प्रहरीको जिम्मा लगाएका छन्। लुटेरा रामेछाप जिल्लाको भिरपानी घर भएका राईले आफू माअ‍ोवादीको पूर्व प्लाटुन कमान्डर भएको बताएका छन्। माओवादीको सिन्धुली इलाका न‌म्बर १३ मरिनमा कमान्डर भएर काम गरेका बताएका छन्। यसअघि पनि माअ‍ोवादीको भातृ संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले नक्कली माअ‍ोवादी बनेर चन्दा उठाउँदै गरेका नेपाली सेनाको जवान रदनकुमार राईले पनि उनले चन्दा उठाउन लगाएको पत्रकार सम्मेलनमा बताएका थिए। राई यसअघिका लुटपाटका घटनामा समेत सामेल रहेको प्रहरीले अनुमान गरेको छ।यसैगरी गिरफ्तार गरिएका भट्टराई सशस्त्र प्रहरीका भगौडा हवल्दार भएको थाहा भएको छ। अनकोट काभ्रे स्थायी घर भएका भट्टराईले गत जेठ ४ गते मात्र आफूले जागिरबाट छोडेर हिडेको जनाएका छन्। उनको दरबन्दी कीर्तिपुरमा रहेको सशस्त्र प्रहरीको दक्षिणकाली गणमा रहेको उनले आफूले राजीनामा नदिएको बताएका छन्। आफू पहिलो पटक लुटपाटको घटनामा सामेल भएको दाबी भट्टराईले गरेका छन्।समातिएका दुई लुटेराहरुको साथबाट २५ लाख ५४ हजार ४ सय ८२ रुपैयाँ बरामद गरिएको छ भने दुई थान रिवल्बर र तीन खुकुरी समेत फेला पारेको प्रहरीले जनाएको छ। नेबिल बैंकबाट लुटिएको रकममध्ये अब ७२ हजार मात्र पाउन नसकिएको प्रहरीले जनाएको छ।लुटेराहरुले अर्को एउटा रिवल्भर पनि फ्याँकिएको बताएपछि प्रहरीको एक टोलीले साढे १२ बजेतिर रिवल्भर खोज्न जोरपाटीतर्फ पुगेको थियो। सो टोलीले एक रिवल्भर फेला पारेर ल्याएको छ। यसैगरी ४३ राउन्ड रिवल्भरको गोली समेत प्रहरीले बरामद गरेको छ।नेबिल बैंक लुटपछि भाग्ने क्रममा प्रहरीसँग क्रस फायर हुँदा प्रहरीले १६ राउन्ड गोली फायर गरेको थियो। प्रहरीले गरेको फयरिङबाट राईको हातमा लागेको छ। गोली लागेपछि उनी अत्तालिएपछि स्थानीयबासीन्दाले राईलाई समातेका थिए। अरु लुटेराहरु भने फायरिङ गर्दै भागेका थिए। लुटेराहरुले ५० राउन्ड जति फायरिङ गरेका थिए।बा १ ज ७४०६ नम्बरको माइक्रो चढेर बिहान ११ बजेतिर लुटेराहरु बौद्धभन्दा केही अगाडि रहेको नेबिल बैंक पुगेका थिए। १५ जनाको समूहमा रहेका लुटेराहरुको ठूलो समूह चाहिँ सोनाम लामाले ल्याएको लुटेरा राईले परेवासँग बताए। ठमेलको केटाहरु समेत बैंक लुटका लागि ल्याउने भनेर गौशाला स्थित साहरा होटलमा मंगलबार राई र लामाले योजना बनाएका थिए। नेबिल बैक लुट्न उनीहरु त्यतिबाट माइक्रो बसमा आएको बताएका छन्। देवराजको नेतृत्वमा ४ जनाको टोलीले भित्र पसेर पैसा लुट्न र आरु त्यसपछि प्रवेश गर्ने आफ्नो योजना संचारकर्मीहरुलाई बताएका छन्। उनलाई यस कार्यमा माअ‍ोवादी छाडेका विजय गुरुङले सहयोग गरेको बताएका छन्। राई र लामालाई माओवादी छाडेका विजय गुरुङले केही समय अघि भेटघाट गराइदिएका थिए।उपत्यका अपराध अनुसन्धानका प्रमुख दीपक रञ्जीतले लुटेराहरुको खोजी तीब्रताका साथ भइरहेको बताउनुभयो। "हामी त सधैँ खोजी गरिरहेका हुन्छौं। राजधानीमा भएका पछिल्ला घटनाका जिम्मेवारहरुको खोजी अहिले तीब्र पारिएको छ।" रञ्जितले परेवासँग भन्नुभयो।एकहप्ता नबित्दै राजधानीमा दोस्रो पटक बैंक लुट्ने प्रयास भएको हो। बिगत केही दिनयता लगातार रुपमा लुटपाटका घटना हुन थालेपछि राजधानीबासीमा चिन्ता छाएको थियो। प्रहरीले दुई दिनअघि क्षेत्रपाटीको बैंक लुट्ने समूहको सञ्चाल गिरफ्तारहरुबाट खुल्न सक्ने आशा व्यक्त गरेको छ।www.parewa.com (31 May, 2006, 1155 NST)
गायक प्रकाश ओझा जेलमुक्त
गायक प्रकाश ओझा आज जेल मुक्त भएका छन्। उनलाई पुनरावेदन अदालत विराटनगरले ४ हजार ५ सय ५० रुपैया“ धरौटी र ५ हजार रुपैयाँ जरिवाना लिएर तारिखमा छोड्ने आदेश दिएको थियो।बेश्याबृत्तिका दुई र बालबालिकासम्बन्धी एक गरी तीन मुद्दा लागेका उनलाई बेश्याबृत्तिसम्बन्धी दुबै मुद्दामा जिल्ला अदालत सुनसरीले सफाई दिएको थियो।बालबालिकासम्बन्धी मुद्दामा छ महिना कैद र पाँच हजार रुपैया“ जरिवाना तोकिएको थियो। प्रकाशले जेठ १६ गते पुनरावेदन दिएका थिए। जिल्ला अदालत सुनसरीले तोकेको जरिवाना र कैद सजाय बदरको माग गर्दै पुनरावेदन दिएका हुन्। २०६१ माघ २५ गते ओझालाई काठमाडौंबाट पक्राउ गरिएको थियो। मोरङ कारागारमा डेढबर्षबसेर मुक्त भएका प्रकाश कैद मुक्त हुँदा प्रसन्न देखिन्थे।www.parewa.com (31 May, 2006, 1937 NST)

Friday, May 19, 2006

हाम्रा पुर्खाले अर्ज्याको राज्य भन्दै जे मन लाग्छ त्यही गर्दै आएको नेपालको राजसंस्था एकाएक अधिकार विहीन बन्न पुगेपछि दरवार मात्र हैन दरवारवादीहरुको निवास पनि सुनसान बन्न पुगेको छ । प्रतिनिधि सभा अधिकारसम्पन्न बनेको घोषणाको पारित संगै मुलुकभर हर्षोल्लासको माहौल बनेको छ । जताततै वधाइका स्वरहरुको बाहुल्यता बढेको छ ।अधिकार पाउनेहरु यत्तिको खुसिमा छन् भने के अधिकार गुमाएकाहरु कुनै चलचित्रमा जस्तै ट्रयाजिटि मुडमा ओच्यानमा सिरकले मुख छोपेर रुदै बसेका होलान् तयहां मैले हिजोको घोषणा पत्र प्रस्तुत गर्नु अगाडि दरवारले आफ्नो अधिकार जोगाउनका लागि के के गर्यो अधिकार गुमेपछि दरवारमा के के भयो त्यसको विवरण बोकेर आएको छु लौ पढ्नुस प्रतिनिधि सभाको रोष्टमवाट अधिकार खोसिइदा हिजो के भयो दरवारमा ।समस्या समाधानका लागि सात राजनीतिक दलले प्रतिनिधि सभामा विषेश प्रस्ताव पारित गर्ने तयारी गरेको सुइको दरवारले एक हप्ता अगाडि नै पाएको थियो । अझै पनि राजनीतिक दलहरुमा दरवारका सुराकीहरुको बाहुल्यता कायमै रहेको छ । ति सुराकी मार्फत नै दरवारले सातै दलले तयार गरेको घोषणा पत्रका प्रतिहरु दरवार झिकाइसकेको थियो ।दरवारले जव घोषणा पत्रको मस्यौदा पढ्यो तव उ झांगावाट खसेजस्तै नै भयो । त्यसपछि दरवारमा सुन्यता नै छायो । दलका नेताहरुलाइ मनाउन दरवारले विभिन्न गोटिहरु परिचालन गर्न थाल्यो । कते केही नलागेपछि दरवार फेरी भारतकै शरणमा पुग्यो । भारतका प्रधानमन्त्रि मनमोहन िसंहसंग राजाले गुहार माग्दै सात दलको मार्गचित्रलाइ आफुले स्विकार गरिसकेकोले आफ्ना अधिकार कटौति नगरीदिन दलका नेता विषेश गिरिजा प्रसाद कोइराला र माधवकुमार नेपाललाइ सम्झाउन अनुरोध गरेका थिए । राजाको विन्तीपछि िसंहले सकारात्मक नै जवाफ दिएका थिए ।त्यसैको फलस्वरुप नेपालका लागि भारतिय राजदुत एकाएक सकि्रय देखिए । उनले सात दलका विभिन्न घटकहरुलाइ भेट गरी राजाको शन्देस िदंदै अहिले नै सबै अधिकार कटौति गर्दा सेना भड्केर फेरी सैनीक कु हुनसक्ने त्रास देखाए ।त्यसपछि कोइरालाले गत विहिवार राजासंग विशेष भेटवार्ता गरे । भेटको क्रममा राजा निक्कै नरम र निरिह रुपमा प्रस्तुत भएका थिए । राजाले विशेष प्रशंग केही नगरी केवल त्यही घोषणा पत्रमा केन्द्रित भएर कुराकानी गरेका थिए । कुराकानीको क्रममा राजाले आफु सेरेमोनियल किङ्ग भएर बस्न तयार रहेको । जुन जुन अधिकार कटौति गरेपनि राजकिय सम्पत्तिमा कर लगाउने । परमाधिपति पद खारेज गर्ने राजपरिवार उत्तराधिकारी कानुन र राजपरिषद्को खारेजी नगर्न अनुरोध गरेका थिए ।कोइरालाले त्यो त केवल मस्यौदा मात्र भएकोले नहड्बडाउन राजालाइ अनुरोध गरेका थिए । कोइरालाले आफु संबैधानीक राजतन्त्रको पक्षमा रहेको माओवादीलाइ शान्तिपुर्ण मुलधारमा ल्याउनका लागि केही सुधार आवश्यक भएकोले मात्र सो घोषणा पत्र तयार गरेको बताएर राजदरवारलाइ केही नगर्ने आश्वासन दिएका थिए । तर राजा कोइरालाको भनाइसंग मात्र आश्वस्त हुन सकेनन् । तीनवटै शुरक्षा अंगका प्रमुखको निलम्बन र आफ्ना सहयोगी पक्राउ परेपछि नै दरवार शड्यन्त्रको तानावुना बुन्न ब्यस्त भएको थियो ।दरवारले सात दललाइ तर्साउनका लागि पहिलो हतियार सेनालाइ बनाउने प्रयास गर् यो । उसले यदि सात दलले मस्यौदा अनुसारकै घोषणा पारित गरेमा सैनिक विद्रोह गराउने तानावुना बुनेको थियो । यसका लागि मुख्य गरी त्यही सच्चित शम्शेर राणा कि्रयशिल भएका थिए । दरवार सेना भड्काउन सकि्रय भएको गोप्य समाचार प्रधानमन्त्रिले थाहा पाएपछि नै सेनाप्रमुखको निलम्बन रोकिएको थियो । यसले सेना भड्किन सक्ने भएकाले सो रोकेको हो ।त्यसपछि दलहरुले सेनामा रहेको राजनीतिक सेलमा रहेका प्रजातान्त्रिक विचार भएका सेनाका अधिकारीको सहयोगमा सेनालाइ दरवारको विपक्षमा उभ्याउन लगायो । यसले सेनामा सकारात्मक प्रभाव परीरहेकै अवस्थामा दरवार निकट अधिकारलिे सोको सुइको पाएर प्रधानसेनापति रहेका प्याराजङ्गलाइ जानकारी दिए । यसवाट प्याराजङ्ग तिर्मिराए । उनले तत्काल यसको सुचना दरवारमा दिए ।दरवारले सो थाहा पाएपछि प्याराजङ्ग मार्फत प्रधानमन्त्रिलाइ थर्काउन रुक्माङ्गत कटुवाल सहित प्रधानमन्त्रि निवासमा पठाए । तालिम प्राप्त सुगाले गोपिकृष्णको भनेजस्तै दुबै दरवारका दुतले प्रधानमन्त्रि कोइरालालाइ सेनालाइ चलाएमा त्यसको परिणाम दलका लागि घातक हुने । सेनाले विद्रोह गर्ने भन्दै आफुहरु दलको शुरक्षामा भन्दा दरवारको शुरक्षामा ने खटिने भन्दै बृद्ध प्रधानमन्त्रिलाइ थर्काए ।देश खाएर सेस भएका प्रधानमन्त्रि कोइरालाले ढुक्क भएर काम गर्नोस् हल्लाको पछाडि नलाग्नोस् भनेर फकाएर पठाइदिए ।यसले मात्र दरवार शान्तसंग बस्न सकेन । उसले कोइरालालाय मनाउन दरवारका पक्का भक्त भटट मास्टर नारानाथ रानाभाटलाइ घटाए । भाटले कोइराला समक्ष दरवारको प्रलोभनको पोको फुकाए । कोइरालाले भाटलाइ पनि चिनिसकेका थिए । त्यसैले उनले भाटलाइ पनि केही चिन्ता नलिनु भन्ने शनदेष दरवारलाय दिन भनेर फकाए ।भाटले दरवारमा त्यही अनुसारको प्रतिवेदन चढाएका थिए । तर पत्रिकाहरुमा आएका समाचारको आधार दरवारले विहिवार विहानसम्म पनि विश्वास नै गरेको थिएन । त्यसैले सैनिक विद्रोहको तयारीका लागि विहिवार विहान प्रधान सेनापतिको नेतृत्वमा सेनाका उच्चअधिकारीहरुको गोप्य बैठक बसेको थियो । तर बैठकमा सहभागि अधिकांश अधिकारीले कसले शासन गर् यो भन्ने आधारमा सैनिक विद्रोह गर्न नहुने यसले सेनाको गरिमामाथि गम्भिर प्रश्न उठ्ने माओवादीसंग समेत सेना रहेको र शाही सेना आत्मनिर्भर नभएकोले सैनिक विद्रंोह गर्दा संगठन नै खारेज हुनसक्ने बताउंदै असहमती ब्यक्त गरेपछि दरवारको योजना विचमा नै तुहिएको थियो ।दरवारले आफ्नो सबै योजनवाट चुकेपछि पनि यि दलहरुले यस्तो के नै गर्लान् र भनेर केही आश्वस्त भएको थियो । तर राजाले आफ्नै छोरा पारसलाइ भने विश्वास गरेका थिएनन् । प्रतिनिधि सभाको घोषणा संगै हेर्न पारसले महाराजगाजको निर्मल निवासवाट ज्ञानेन्द्लाइ फोन गर्दा ज्ञानेन्द्रले पर्दैन त्यही हेर भनेका थिए ।प्रतिनिधि सभाको घोषणा हेर्दा राजा हातमा रेड वाइनको गिलास लिएर कोठामा एक्लै बसेका थिए । सभामुख शुवास नेम्वाङ्गले घोषणा पढ्दै जांदा राजाको हातामा रहेको गिलास टेलिभिजन सेटमा गएर बजारियो । तर राजाको अनुमतिविना कोठामा कोही प्रवेश गर्न नपाउने कारण कोठामा के के भयो त्यो कसैलाइ थाहा भएन ।त्यसपछि राजाले सिधा आफ्ना दुत तारानाथ रानाभाटलाइ फोन गरेर ुतिमिले पनि धोका दियौं सबै ठिक हुन्छ भनेका हैनौ अब यसको दण्ड तिमिले पनि पाउंछौ भनेपछि भाटको मुटुृकाु गति चल्न बन्द भयो । उनी अस्पताल भर्ना भए ।बेलुका पारसले पुन दरवार आउने प्रयास गरेका थिए । तर दोस्रो दरवार हतयाकाण्ड मच्चिने आशंकाले दरवारले उनलाइ अनुमति दिएन । मध्यरातसम्म ज्ञानेन्द्र आफ्नो कोठावाट बाहीर निस्किएका थिएनन् ।(पुनष्च: माथि उल्लेखित घटना विवरण मेरो काल्पनिक कथा मात्र हो ) source: frm bloggern.com.np
संसद्को सर्वोच्चता
बलराम बानियाँ/गोपाल खनाल
काठमाडौं, जेठ ४ -
घोषणासँग बाझिने संविधान र कानुन अमान्य हुने
ँनेपाल सरकार’ र ँनेपाली सेना’ नामकरण
सेना संसद् मातहत, परमाधिपति खारेज
राजपरिषद्, राजप्रासाद र राष्ट्रिय सुरक्षा परिषद् खारेज, दरबारमा निजामती सेवा
धर्मनिरपेक्ष राज्य घोषणा
राजगद्दी उत्तराधिकारी प्रतिनिधिसभाले व्यवस्था गर्ने
राजाको सम्पत्तिमा कर लाग्ने
राजाविरुद्ध सदन र अदालतमा प्रश्न उठाउन पाइने
राजाको खर्च प्रतिनिधिसभाले निर्धारण गर्ने
दरबारको सुरक्षा मन्त्रिपरिषद् मातहतमा
राज्यका संरचनाहरू प्रतिनिधिसभाप्रति जवाफदेही
राष्ट्रिय गान खारेजजनआन्दोलनको बलमा पुनःस्थापित प्रतिनिधिसभाले राजामा रहेका सम्पूर्ण विशेषाधिकार खारेज गरी राजकीय र सम्प्रभु अधिकार प्रयोग गर्न आफू सार्वभौमसत्ता सम्पन्न भएको घोषणा गरेको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकले सरकारतर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रस्ताव गरेको 'प्रतिनिधिसभाको घोषणा- २०६३' लाई सर्वसम्मतिले अनुमोदन गरी आफूलाई सम्प्रभु घोषणा गरेको हो । प्रतिनिधिसभाले घोषणासँग बाझिने संविधान, २०४७ र प्रचलित कानुनका व्यवस्था बाझिएको हदसम्म अमान्य हुने घोषणा गरेको छ । घोषणाले अर्को संवैधानिक व्यवस्था नभएसम्म प्रतिनिधि सभालाई वर्तमान संविधानमाथि उठी निर्णय गर्ने राजनीतिक र कानुनी निर्णय गर्ने बाटो खोलिदिएको छ ।
जनआन्दोलन बलमा पुनःस्थापित प्रतिनिधिसभाबाट जनतालाई वास्तविक अर्थमा राज्यशक्तिको स्रोत र सार्वभौमसत्तासम्पन्न बनाउन भएको यो घोषणा मुलुकै इतिहासमा ठूलो राजनीतिक घोषणा हो । घोषणाले जनता र तिनका जनप्रतिनिधिलाई मुलुककै इतिहासमा बढी अधिकारसम्पन्न बनाएको छ । विश्वकै संसदीय इतिहासमा एउटै घोषणाबाट निरंकुश राजाबाट यति धेरै विशेषाधिकार खोसिएका उदाहरण विरलै छन् । यो घोषणाले सम्पूर्ण शाही सामन्ती अधिकार कटौती गरेकाले अब राजा 'प्रतीकात्मक' राष्ट्राध्यक्ष मात्र हुनेछन् ।
प्रतिनिधिसभाको ऐतिहासिक बैठकमा अमेरिका, बेलायत, भारत, युरोपेली संघसहित प्रमुख मित्रराष्ट्रका राजदूत, राष्ट्रसंघ तथा दातृ संस्थाका प्रतिनिधि ठूलो संख्यामा उपस्थित थिए । उनीहरूले बैठकको कारबाही उत्सुकतापूर्वक हेरेका थिए । बैठकपछि निस्किएका राजदूत र दातृ निकायका प्रतिनिधिले मन्त्री र सांसदसँग हात मिलाएर बधाई दिँदै खुसी प्रकट गरेका थिए ।
सभामुख सुवास नेम्वाङले 'प्रतिनिधिसभा घोषणा- २०६३' सर्वसम्मतिले पारित भएको घोषणा गर्दा सम्पूर्ण सांसदले दुई मिनेटसम्म ताली पिटेका थिए । शाही सरकारका निवर्तमान मन्त्री बुद्धिमान तामाङ, बृजेशकुमार गुप्ताले समेत ताली पिटेका थिए । दर्शकदीर्घामा खचाखच भरिएका सर्वसाधारणले पनि घोषणाको समर्थनमा ताली पिटेका थिए ।
घोषणाअनुसार अब राज्यको सम्पूर्ण कार्यकारी अधिकार मन्त्रिपरिषद्मा निहित रहनेछ । यसअघि कार्यकारी अधिकार राजा र मन्त्रिपरिषद्मा रहने व्यवस्था थियो । 'श्री ५ को सरकार' का ठाउँमा अबउप्रान्त 'नेपाल सरकार' भनिनेछ ।
घोषणाले मन्त्रिपरिषदको कार्यविभाजन प्रधानमन्त्रीको सिफारिसमा राजाबाट हुने र मन्त्रिपरिषदको कार्यसम्पादन नियमावली राजाबाट स्वीकृत हुनुपर्ने व्यवस्थाको अन्त्य गरेको छ । अब सरकारको कार्य विभाजन र कार्य सम्पादन नियमावली मन्त्रिपरिषद्बाट पारित गरी प्रतिनिधिसभामा प्रस्तुत गर्ने प्रावधान राखिएको छ ।
प्रतिनिधिसभाले राजपरिषद् खारेज गनर्ुका साथै राजगद्दी उत्तराधिकारसम्बन्धी कानुन बनाउने, संशोधन र खारेज गर्ने राजामा रहेको विशेषाधिकारसमेत अन्त्य गरेको छ । अब त्यो अधिकार प्रतिनिधि सभामा रहनेछ । राजाको मृत्यु भए नयाँ राजा घोषणा गर्ने राजपरिषदको अधिकार अब संसद्ले प्रयोग गर्नेछ ।
घोषणामा राजा संसदको अंग नहुने व्यवस्था गरिएको छ । प्रतिनिधिसभाले राजाको निजी सम्पत्ति र आयमा कानुनबमोजिम नागरिकसरह कर लाग्ने व्यवस्था गरेको छ । घोषणामा राजाको खर्च र सुविधासमेत प्रतिनिधिसभाको निर्णय बमोजिम हुने प्रावधान राखिएको छ ।
राजाबाट भए/गरेका कामबारे प्रतिनिधिसभा र अदालतमा प्रश्न उठाउन सकिने व्यवस्था गरिएको छ । यसअघि राजाले गरेका कामकारबाहीबारे टिप्पणी गर्न र अदालतमा मुद्दा चलाउन नपाइने व्यवस्था थियो । प्रतिनिधिसभाले राजप्रासाद सेवा खारेज गरी राजदरबारमा निजामती कर्मचारी खटाउने भएको छ । घोषणामा राजप्रासाद सेवालाई निजामती सेवाको अंग बनाइने उल्लेख छ । राजदरबारको सुरक्षा प्रबन्ध मन्त्रिपरिषद्ले व्यवस्था गरेबमोजिम हुने घोषणामा उल्लेख छ ।
प्रतिनिधिसभाले राजा शाही नेपाली सेनाको परमाधिपति रहने व्यवस्था खारेज गरेको छ । घोषणाले 'शाही नेपाली सेना' को नाम परिवर्तन गरी 'नेपाली सेना' रहने व्यवस्था गरेको छ । सुरक्षा परिषदको सिफारिसमा राजाबाट सेना परिचालन हुने व्यवस्था खारेज गरी अब सेनाको नियन्त्रण, प्रयोग र परिचालन प्रधानमन्त्रीको अध्यक्षतामा गठित राष्ट्रिय सुरक्षा परिषद्ले गर्ने व्यवस्था गरिएको छ । सेना परिचालन सम्बन्धी मन्त्रिपरिषदको निर्णय ३० दिनभित्र प्रतिनिधिसभाले तोकेको विशेष समितिमा प्रस्तुत भई अनुमोदन गनर्ुपर्ने प्रावधानसमेत राखिएको छ ।
प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने व्यवस्था गरिएको छ । यसअघि सुरक्षा परिषदको सिफारिसमा राजाले गर्ने व्यवस्था थियो । सेनाको संगठन समावेशी र राष्ट्रिय स्वरूपको बनाउने घोषणामा उल्लेख छ । विद्यमान राष्ट्रिय गान खारेज गरी वैकल्पिक व्यवस्था गरिने घोेषणामा उल्लेख छ । प्रतिनिधि सभाले हिन्दु अधिराज्यको ठाउँमा धर्मनिरपेक्ष राज्य हुने व्यवस्था गरेको छ । यसले हिन्दु धर्म राज्यको विशेष धर्म हुने व्यवस्था अन्त्य गरी मुलुकमा रहेका सबै धर्मावलम्बीलाई समान अधिकार प्रदान गर्नेछ ।
घोषणामा मुलुकको व्यवस्थापिका सम्बन्धी सम्पूर्ण अधिकार प्रतिनिधिसभाद्वारा प्रयोग गर्ने र त्यस सम्बन्धी प्रक्रिया संसद्ले निर्धारण गरेबमोजिम हुने व्यवस्था गरिएको छ । संविधानसभाको मार्गमा अघि बढ्ने प्रक्रिया प्रतिनिधिसभाले निर्धारण गर्ने प्रतिबद्धतासमेत घोषणामा छ ।
राजाबाट संसद् अधिवेशनको आह्वान र समापन हुने व्यवस्थालाई समेत खारेज गरिएको छ । घोषणामा प्रधानमन्त्रीबाट अधिवेशनको आह्वान र प्रधानमन्त्रीको सिफारिसमा सभामुखबाट अधिवेशने समापन गर्ने व्यवस्था गरिएको छ । संसदका एकचौथाइ सदस्यले संसद् बैठक बोलाउन राजामा समावेदन गर्ने व्यवस्थासमेत अन्त्य गरिएको छ । अब त्यस्तो समावेदन सभामुखसमक्ष गर्ने प्रावधान राखिएको छ ।
घोषणाअनुसार प्रशासन, सेना, प्रहरीलगायत सम्पूर्ण कार्यकारी अंग प्रतिनिधिसभाप्रति उत्तरदायी सरकार मातहत रहनेछन् । राज्यका सबै अंग र निकायले प्रतिनिधिसभाबाट अधिकार पाएको सम्झी यसप्रति निष्ठावान् रही आफ्नो अधिकार प्रयोग गनर्ुपर्ने निर्देश घोषणाले गरेको छ ।
सार्वजनिक पद धारण गर्ने अधिकारीले प्रतिनिधिसभाबाट तोकिएको ढाँचामा शपथ लिने र शपथ लिन अस्वीकार गरे पदमुक्त हुने प्रावधान घोषणामा राखिएको
छ । घोषणा कार्यान्वयनमा आइपर्ने कुनै पनि बाधा अडकाउ प्रतिनिधिसभाले फुकाउन सक्ने व्यवस्था गरिएको छ । घोषणाअनुसार त्यस प्रयोजनका लागि प्रतिनिधि सभामा एउटा समिति रहनेछ ।
घोषणा कार्यान्वयन गर्न मन्त्रिपरिषदको कार्यसम्पादन नियमावली र प्रतिनिधिसभाले गर्ने नयाँ कानुनी व्यवस्था निर्माणका लागि सात दलका प्रतिनिधि रहेको कार्यव्यवस्था समितिको बैठक बिहीबारै सभामुखको कार्यकक्षमा बसेको छ । त्यसले मन्त्रिपरिषद् र प्रतिनिधिसभाको नयाँ नियमावली प्रस्ताव गर्नेछ ।
सात दलको संयुक्त कार्यदलले दुई साता लामो गृहकार्य गरी तयार गरेको प्रतिनिधिसभाको घोषणालाई मन्त्रिपरिषदको बिहीबार बिहान बसेको बैठकले पारित गरी प्रतिनिधिसभा बैठकमा अनुमोदनका लागि प्रस्तुत गरेको हो ।
घोषणामा २०४६ को जनआन्दोलनका उपलब्धिलाई रक्षा गर्दै वर्तमान जनआन्दोलनका उपलब्धिलाई संस्थागत गरी पूर्ण लोकतन्त्र स्थापनाका दिशामा अग्रसर हुने जिम्मेवारी ग्रहण गर्न अर्को संवैधानिक व्यवस्था नभएसम्म सम्पूर्ण अधिकार प्रयोग गर्न प्रतिनिधिसभा सार्वभौमसत्ता सम्पन्न भएको घोषणा गरिएको उल्लेख छ ।
जनआन्दोलनमार्फत अभिव्यक्त जनभावना र आन्दोलनरत सात दलको मार्गचित्रका आधारमा मुलुकमा जारी हिंसात्मक द्वन्द्वलगायत समग्र समस्याको समाधान गर्न वैशाख ११ को राजाको घोषणामा जनआन्दोलनको बलमा स्थापित प्रतिनिधिसभा सार्वभौम अधिकारसम्पन्न रहेको स्वीकार गरिएको समेत घोषणामा उल्लेख छ ।