Friday, May 19, 2006
हाम्रा पुर्खाले अर्ज्याको राज्य भन्दै जे मन लाग्छ त्यही गर्दै आएको नेपालको राजसंस्था एकाएक अधिकार विहीन बन्न पुगेपछि दरवार मात्र हैन दरवारवादीहरुको निवास पनि सुनसान बन्न पुगेको छ । प्रतिनिधि सभा अधिकारसम्पन्न बनेको घोषणाको पारित संगै मुलुकभर हर्षोल्लासको माहौल बनेको छ । जताततै वधाइका स्वरहरुको बाहुल्यता बढेको छ ।अधिकार पाउनेहरु यत्तिको खुसिमा छन् भने के अधिकार गुमाएकाहरु कुनै चलचित्रमा जस्तै ट्रयाजिटि मुडमा ओच्यानमा सिरकले मुख छोपेर रुदै बसेका होलान् तयहां मैले हिजोको घोषणा पत्र प्रस्तुत गर्नु अगाडि दरवारले आफ्नो अधिकार जोगाउनका लागि के के गर्यो अधिकार गुमेपछि दरवारमा के के भयो त्यसको विवरण बोकेर आएको छु लौ पढ्नुस प्रतिनिधि सभाको रोष्टमवाट अधिकार खोसिइदा हिजो के भयो दरवारमा ।समस्या समाधानका लागि सात राजनीतिक दलले प्रतिनिधि सभामा विषेश प्रस्ताव पारित गर्ने तयारी गरेको सुइको दरवारले एक हप्ता अगाडि नै पाएको थियो । अझै पनि राजनीतिक दलहरुमा दरवारका सुराकीहरुको बाहुल्यता कायमै रहेको छ । ति सुराकी मार्फत नै दरवारले सातै दलले तयार गरेको घोषणा पत्रका प्रतिहरु दरवार झिकाइसकेको थियो ।दरवारले जव घोषणा पत्रको मस्यौदा पढ्यो तव उ झांगावाट खसेजस्तै नै भयो । त्यसपछि दरवारमा सुन्यता नै छायो । दलका नेताहरुलाइ मनाउन दरवारले विभिन्न गोटिहरु परिचालन गर्न थाल्यो । कते केही नलागेपछि दरवार फेरी भारतकै शरणमा पुग्यो । भारतका प्रधानमन्त्रि मनमोहन िसंहसंग राजाले गुहार माग्दै सात दलको मार्गचित्रलाइ आफुले स्विकार गरिसकेकोले आफ्ना अधिकार कटौति नगरीदिन दलका नेता विषेश गिरिजा प्रसाद कोइराला र माधवकुमार नेपाललाइ सम्झाउन अनुरोध गरेका थिए । राजाको विन्तीपछि िसंहले सकारात्मक नै जवाफ दिएका थिए ।त्यसैको फलस्वरुप नेपालका लागि भारतिय राजदुत एकाएक सकि्रय देखिए । उनले सात दलका विभिन्न घटकहरुलाइ भेट गरी राजाको शन्देस िदंदै अहिले नै सबै अधिकार कटौति गर्दा सेना भड्केर फेरी सैनीक कु हुनसक्ने त्रास देखाए ।त्यसपछि कोइरालाले गत विहिवार राजासंग विशेष भेटवार्ता गरे । भेटको क्रममा राजा निक्कै नरम र निरिह रुपमा प्रस्तुत भएका थिए । राजाले विशेष प्रशंग केही नगरी केवल त्यही घोषणा पत्रमा केन्द्रित भएर कुराकानी गरेका थिए । कुराकानीको क्रममा राजाले आफु सेरेमोनियल किङ्ग भएर बस्न तयार रहेको । जुन जुन अधिकार कटौति गरेपनि राजकिय सम्पत्तिमा कर लगाउने । परमाधिपति पद खारेज गर्ने राजपरिवार उत्तराधिकारी कानुन र राजपरिषद्को खारेजी नगर्न अनुरोध गरेका थिए ।कोइरालाले त्यो त केवल मस्यौदा मात्र भएकोले नहड्बडाउन राजालाइ अनुरोध गरेका थिए । कोइरालाले आफु संबैधानीक राजतन्त्रको पक्षमा रहेको माओवादीलाइ शान्तिपुर्ण मुलधारमा ल्याउनका लागि केही सुधार आवश्यक भएकोले मात्र सो घोषणा पत्र तयार गरेको बताएर राजदरवारलाइ केही नगर्ने आश्वासन दिएका थिए । तर राजा कोइरालाको भनाइसंग मात्र आश्वस्त हुन सकेनन् । तीनवटै शुरक्षा अंगका प्रमुखको निलम्बन र आफ्ना सहयोगी पक्राउ परेपछि नै दरवार शड्यन्त्रको तानावुना बुन्न ब्यस्त भएको थियो ।दरवारले सात दललाइ तर्साउनका लागि पहिलो हतियार सेनालाइ बनाउने प्रयास गर् यो । उसले यदि सात दलले मस्यौदा अनुसारकै घोषणा पारित गरेमा सैनिक विद्रोह गराउने तानावुना बुनेको थियो । यसका लागि मुख्य गरी त्यही सच्चित शम्शेर राणा कि्रयशिल भएका थिए । दरवार सेना भड्काउन सकि्रय भएको गोप्य समाचार प्रधानमन्त्रिले थाहा पाएपछि नै सेनाप्रमुखको निलम्बन रोकिएको थियो । यसले सेना भड्किन सक्ने भएकाले सो रोकेको हो ।त्यसपछि दलहरुले सेनामा रहेको राजनीतिक सेलमा रहेका प्रजातान्त्रिक विचार भएका सेनाका अधिकारीको सहयोगमा सेनालाइ दरवारको विपक्षमा उभ्याउन लगायो । यसले सेनामा सकारात्मक प्रभाव परीरहेकै अवस्थामा दरवार निकट अधिकारलिे सोको सुइको पाएर प्रधानसेनापति रहेका प्याराजङ्गलाइ जानकारी दिए । यसवाट प्याराजङ्ग तिर्मिराए । उनले तत्काल यसको सुचना दरवारमा दिए ।दरवारले सो थाहा पाएपछि प्याराजङ्ग मार्फत प्रधानमन्त्रिलाइ थर्काउन रुक्माङ्गत कटुवाल सहित प्रधानमन्त्रि निवासमा पठाए । तालिम प्राप्त सुगाले गोपिकृष्णको भनेजस्तै दुबै दरवारका दुतले प्रधानमन्त्रि कोइरालालाइ सेनालाइ चलाएमा त्यसको परिणाम दलका लागि घातक हुने । सेनाले विद्रोह गर्ने भन्दै आफुहरु दलको शुरक्षामा भन्दा दरवारको शुरक्षामा ने खटिने भन्दै बृद्ध प्रधानमन्त्रिलाइ थर्काए ।देश खाएर सेस भएका प्रधानमन्त्रि कोइरालाले ढुक्क भएर काम गर्नोस् हल्लाको पछाडि नलाग्नोस् भनेर फकाएर पठाइदिए ।यसले मात्र दरवार शान्तसंग बस्न सकेन । उसले कोइरालालाय मनाउन दरवारका पक्का भक्त भटट मास्टर नारानाथ रानाभाटलाइ घटाए । भाटले कोइराला समक्ष दरवारको प्रलोभनको पोको फुकाए । कोइरालाले भाटलाइ पनि चिनिसकेका थिए । त्यसैले उनले भाटलाइ पनि केही चिन्ता नलिनु भन्ने शनदेष दरवारलाय दिन भनेर फकाए ।भाटले दरवारमा त्यही अनुसारको प्रतिवेदन चढाएका थिए । तर पत्रिकाहरुमा आएका समाचारको आधार दरवारले विहिवार विहानसम्म पनि विश्वास नै गरेको थिएन । त्यसैले सैनिक विद्रोहको तयारीका लागि विहिवार विहान प्रधान सेनापतिको नेतृत्वमा सेनाका उच्चअधिकारीहरुको गोप्य बैठक बसेको थियो । तर बैठकमा सहभागि अधिकांश अधिकारीले कसले शासन गर् यो भन्ने आधारमा सैनिक विद्रोह गर्न नहुने यसले सेनाको गरिमामाथि गम्भिर प्रश्न उठ्ने माओवादीसंग समेत सेना रहेको र शाही सेना आत्मनिर्भर नभएकोले सैनिक विद्रंोह गर्दा संगठन नै खारेज हुनसक्ने बताउंदै असहमती ब्यक्त गरेपछि दरवारको योजना विचमा नै तुहिएको थियो ।दरवारले आफ्नो सबै योजनवाट चुकेपछि पनि यि दलहरुले यस्तो के नै गर्लान् र भनेर केही आश्वस्त भएको थियो । तर राजाले आफ्नै छोरा पारसलाइ भने विश्वास गरेका थिएनन् । प्रतिनिधि सभाको घोषणा संगै हेर्न पारसले महाराजगाजको निर्मल निवासवाट ज्ञानेन्द्लाइ फोन गर्दा ज्ञानेन्द्रले पर्दैन त्यही हेर भनेका थिए ।प्रतिनिधि सभाको घोषणा हेर्दा राजा हातमा रेड वाइनको गिलास लिएर कोठामा एक्लै बसेका थिए । सभामुख शुवास नेम्वाङ्गले घोषणा पढ्दै जांदा राजाको हातामा रहेको गिलास टेलिभिजन सेटमा गएर बजारियो । तर राजाको अनुमतिविना कोठामा कोही प्रवेश गर्न नपाउने कारण कोठामा के के भयो त्यो कसैलाइ थाहा भएन ।त्यसपछि राजाले सिधा आफ्ना दुत तारानाथ रानाभाटलाइ फोन गरेर ुतिमिले पनि धोका दियौं सबै ठिक हुन्छ भनेका हैनौ अब यसको दण्ड तिमिले पनि पाउंछौ भनेपछि भाटको मुटुृकाु गति चल्न बन्द भयो । उनी अस्पताल भर्ना भए ।बेलुका पारसले पुन दरवार आउने प्रयास गरेका थिए । तर दोस्रो दरवार हतयाकाण्ड मच्चिने आशंकाले दरवारले उनलाइ अनुमति दिएन । मध्यरातसम्म ज्ञानेन्द्र आफ्नो कोठावाट बाहीर निस्किएका थिएनन् ।(पुनष्च: माथि उल्लेखित घटना विवरण मेरो काल्पनिक कथा मात्र हो ) source: frm bloggern.com.np
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment