Sunday, June 18, 2006

विचरा राजा

सात दल र माओवादीका नेताहरुविच वालुवाटारमा महत्वपुर्ण वार्ता चलिरेको बेलामा उता नारायणहिटीमा पनि एक समारोहको आयोजना हुंदैथियो । राजाका राजगद्धिमा बस्ने बाहेकको सबै कार्यकारीणि अधिकार प्रतिनिधि सभावाट खोसिएपछि पहिलोपटक दक्षिणकोरिया र थाइल्याण्डका नवनियुक्त राजदुतहरुवाट ओहदाको प्रमाणपत्र चढाउने कार्यक्रम थियो । उता बालुवाटार भिडभाडमय थियो भने नारायणहिटीमा भने सुनसान थियो । राजा एक्लै राजदुतहरुलाइ कुरेर बसिरहेका थिए ।
यसअगाडि राजदुतहरुले आहदाको प्रमाण पत्र बुझाउने समारोहमा प्रधानमन्त्रि, विभागिय मन्त्रि, सर्वोच्च अदालतका प्रधानन्यायधिष, सभामुख र राजपरिषद्का सभापतिको उपस्थिति हुन्थ्यो । राजा टाठवाठका साथ आउथे अनी ओहदाका प्रमाणपत्र बुझेर प्रमाणपत्र पेश गर्ने राजदुतको रुमालमा सुगन्ध हालिदिन्थे ।
तर हिजो राजा एक्लै थिए । कोही आएनन् । अरु त अरु उनले विश्वास गरेका प्रधानन्यायधिष दिलिपकुमार उपाध्याय पनि आएनन् ।
अब प्रधानमन्त्रि आउने कुरै भएन । सभामुख सुवास नेम्वाङ्ग पनि क्रान्तिकारी नै छन् । नेपालमा भएको भए परराष्ट्र मन्त्रि केपि ओलि जान्थे कि तर उनको अनुपस्थितिमा कार्यभार सम्हालेका अमिक शेरचन के जान्थे । अब राजपरिषद् त खोरजै भइहाल्यो ।
विचरा ज्ञानेन्द्र । उनको आज कान्तिपुरको पुष्ठ चारमा राजदुतलाइ कुरीरहेको फोटो छापिएको थियो । यसो हेर्दा निक्कै टिठ लाग्यो । के गर्ने बुद्धि नपुर्‍याएपछि यस्तै हुन्छ । राजा विरेन्द्रको बंशनाशमा उनलाइ जनताले शंकाको घेरामा राखेका भएपनि राजा हुन त दिएका थिए नी । तर के के न गरौला भनेर जनताको छोराले गर्ने काममा पनि हात हाल्न पुगे । अहिले त्यसको स्वाद चाखेका छन् ।
प्रतिनिधि सभा घोषणा पत्र, मन्त्रिपरिषद्को कार्य नियमावलीको शंसोधन गरेर राजाका धेरै अधिकार प्रममा र प्रतिनिधि सभामा समाहित भइसकेको छ । यो अधिकार चैं किन राखेको होला ।
हिजोका दिनदेखी नै नेपालमा नियुक्त भएर आएका राजदुतहरुले राष्ट्रप्रमुख समक्ष ओहदाको प्रमाण पत्र पेश गर्ने प्रचलन रहेको छ । यसैकारण नै राजदुतहरुले राजा समक्ष प्रमाण पत्र पेश गरेका हुन् । तर भोलिका दिनमा यदी राष्ट्रपतिय शासन प्रणाली आयो भने त उनले यो कामवाट पनि फुर्सद पाउने छन् । अनी त्यो बेला उनी के गरेर कस्लान्

थापा र ढकाल खोर बाहीर

हिजोका दिनमा निरंकुश शाही शक्ताले जुन कानुनको आधारमा कृष्ण पहाडिलाइ थुनामा राखेको थियो कमल थापा जस्ता मानवताविरोधी र स्वतन्त्रताका विरोधीहरुलाए पनि सरकारले त्यही कानुनको पुच्छर समाएर थुन्ने कोसिस गरेको थियो तर त्यसको नाजायज फाइदा उठाउंदै सर्वोच्च आदालतले आज उसलाइ रिहा गरिदिएको छ । रिहाको आदेशमा केही उल्लेख छैन त्यही पहिला निच्छे शमशेर लगायतकालाइ रिहा गर्न जे आदेश दिएको थियो आज पनि आदेश दियो सरकारले थुनामा राद्यनुपर्नाको पर्याप्त प्रमाण नदेखाएको भन्यो हिजोका दिनमा जनताको रगतको होलि खेलेकालाइ छोड्यो । यस्तै गर्‍यो फेरी सर्वोच्च अदालतले आज उसले हिरासतमा रहेका निरंकुशतन्त्रका मतियार कमल थापा र टंक ढकाललाइ रिहा गर्न सरकारको नाममा आदेश जारी गर्‍यो । यस भन्दा अगाडि निच्छे शमशेर रमेशनाथ पाण्डे लगायतकाहरु पनि सर्वोच्चको यस्तै आदेशले रिहा भएका थिए । कानुनको आखामा कालोपट्टी बाधिएको हुन्छ अझ त्यसमा पनि न्याय दिने मान्छे नै कालो भएपछि के हालत होला नेपालको कानुनको ।
भएको यस्तै त हो नी । हिजोका दिनको नजिर भन्यो आफ्नै आखांले हत्या भएको देखपनि प्रमाण पुगेन भने अपराधिलाइ प्रमाण नपुगेको भन्दै निर्दोष सावित गर्ने प्रचलन अदालतको नयां हैन । मलाइ त यस्तो लागेको छ कि अदालत भनेको खसिको टाउको राखेर कुकुरको टाउको बेच्ने ठाउं हो । यहां भएको पनी यस्तै त छ नी । नत्र दुनियालाइ थाहा छ कमल थापा र टंक ढकालाइ पक्राउ गर्नुको कारण । उता सरकार सामान्य अपराधि सरह सार्वजनिक शुरक्षा ऐन अन्तर्गत पक्राउ गर्छ अनी अदालत प्रमाण पुगेन भन्छ छोड्छ । अब आज कत्ति त बहादुरी गरे झै फुलमाला र अविर लगाएर मक्ख परेको फोटो देख्नु पर्छ नै । के गर्ने यस्तै हो । मलाइ त सरकारले मानवता विरोध काम गरेको राष्ट्र विरुद्ध अपराध गरेको जस्ता आरोपमा यिनिहरुलाइ पक्राउ नगरेको देख्दा कतै सरकार म हानेको जस्तो गर्छु तैले दुखेको जस्तो गर्छु भन्दै हिजोका निरंकुशताका मतियारसंग साठगाठ गर्न पुगेको त छैन ?




");//-->


©२००६, सर्वाधिकार हाम्रोब्लग डट कममा सुरक्षित छ ।

Thursday, June 01, 2006

नबिल बैंक लुटपाट प्रयास
प्रहरी-लुटेरा भिडन्तमा दुइ सुरक्षागार्डसहित तीनको मृत्यु

दीपक रिजाल/विकास लम्साल
काठमाडौं

जोरपाटीस्थित नबिल बैंकको शाखा कार्यालयमा लुटपाट गर्न गएका समूह र प्रहरीबीच बुधबार भएको मुठभेडमा बैंकका दुइ सुरक्षागार्डसहित तीनको मृत्यु भएको छ भने दुइ लुटेरा पक्राउ परेका छन्।
गस्तीमा गएको प्रहरीसंग बैंक लुट्दै गरेको लुटेराको जम्काभेट भएपछि भएको गोली हानाहानमा सुरक्षागार्डहरू जोरपाटीका ५६ वषर्ीय प्रेम तामाङ, गोर्खाका ३८ वर्षीय तेजबहादुर थापा र काभ्रे पात्लेखेतका गाडी चालक २१ वषर्ीय छेवाङ तामाङको मृत्यु भएको हो। छेवाङ लुटमा प्रयोग गरिएको माइक्रोबसका चालक हुन्।

बिहान ११ः१७ बजे लुटपाट गर्न गएको १५ जनाको उक्त समूहका योजनाकार तथा पूर्वमाओवादी प्लाटुन कमान्डर अजय र्राई र पर्ूवसशस्त्र प्रहरी हबलदार देवराज भट्टर्राईलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो।
लुटेराहरूबाट प्रहरीले लुटेको रकम २५ लाख ५४ हजार ४ सय ८२ रुपियां, एउटा ७.६२ क्यालिबरको पेस्तोल, एउटा होममेड रिभल्बर, एउटा कटुवा पेस्तोल, तीनवटा खुकुरी, ४३ राउन्ड गोलीलगायतका सामग्रीहरू बरामद गरेको छ।

गौशालास्थित नव सहारा होटलमा बसेर बैंक लुट्ने योजना बनाएपछि बुधबार हतियारसहित लुट्न गएको पक्राउ परेका र्राईले बताए। विजय गुरुङले हतियारसहित योजना बनाएर सोनाम लामाले मान्छे तयार गरेपछि लुट्न गएका हौं’ -र्राईले नेपाल समाचारपत्रसंग भने। उनका अनुसार सोनाम र विजयको भेट करिब पांच दिनअघि मात्र भएको थियो।
हतियार नै चलाउने कुनै योजना नभए पनि तर्साा लुट्न सकिन्छ भन्ने लागेको थियो, तर प्रहरी नै आएपछि बाध्यतावश हतियार प्रयोग भयो’ -उनले भने।

र्राईका अनुसार नबिल बैंक लुट्ने योजना बनाएपछि उनी र देवराज भट्टर्राई आइतबार बैंकको लोकेसन बुझन गएका थिए। सबै जानकारी लिएर १५ जनाको समूह बैंकमा प्रवेश गरेको भए पनि सात जनाले हतियार बोकेको र्राईले बताए।
सात जना हतियारधारी पहिलो तलामा रहेको नगद काउन्टरमा पुगेर पैसा निकालेपछि बैंक गार्डले फायर खोलेको र त्यसपछि आफूहरूले पनि फायर खोलेको बताए। प्रहरी पुगेकाले भिडन्त भएको र्राईले बताए।

शुरूमा ग्राहकको रूपमा प्रवेश गरेको लुटेरा समूहले बन्दुक पड्काउंदै हातमा रहेको खुकुरीले सीसी टिभी र अन्य ठाउंमा प्रहार गरेर बाहिरिने क्रममा बाहिर प्रहरीसंग मुठभेड भएको र प्रहरीको गोलीले बा१ज ७४०६ नम्बरको माइक्रोबस चालक तामाङको मृत्यु भएको पनि र्राईले बताए।
वडा प्रहरी कार्यालय बौद्धबाट प्रहरी सहायक निरीक्षक धनकुमार श्रेष्ठको कमान्डमा खटिएको टोलीले करिब २५ राउन्ड गोली प्रहार गरेर लुटिएका सामानसहित दुइ जनालाई पक्राउ गरेको थियो।

लुठेराको गोली प्रहारबाट घाइते भएका बैंक सुरक्षागार्ड तामाङ र थापाको मेडिकल कलेज अत्तरखेल र मेडिकेयर अस्पताल चाबहिलमा उपचार हुंदाहुंदै मृत्यु भएको थियो।
प्रहरीको गोली लागेर घाइते भएका चालक तामाङको शिक्षण अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
सो घटनाका नाइके र्राईको भत्केको पुलस्थित कोठामा छापा मार्दा माओवादीसम्बन्धी लेटरप्याड, स्टयाम्प, बारुदलगायतका विभिन्न सामान बरामद भएको वडा प्रहरी बौद्धका प्रहरी निरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो।

घटना खेदजनक : नबिल

यसैबीच नबिल बैंकले उक्त घटनालाई दुर्भाग्यपूर्ण् र खेदजनक भएको बताएको छ। बैंकले एक वक्तव्य जारी गरी लुटेराको समूहले लुट्ने क्रममा कम्प्युटरलगायत विभिन्न ठाउंमा आक्रमण गरी पैसा ब्यागमा राख्न चेतावनी दिएको र त्यसको सशक्त प्रतिकार भएको पनि उल्लेख गरेको छ।
यसैबीच नेपाल मानवअधिकार संगठनले राजधानीमा विगत केही दिनयता भएका शृंखलाबद्ध घटनालाई तत्काल रोक्न सुरक्षा व्यवस्था प्रभावकारी बनाई परिचालनका लागि सरकारसमक्ष माग गरेको छ।लुटपाटमा संलग्न रहेका भट्टर्राईलाई सशस्त्र प्रहरी बलले चैत ४ गते भगौडा खाली गरी कारबाही गरेको थियो।