Tuesday, May 15, 2007

मर्नुअघिको कीर्तिमान


घरले जा जा र वनले आइज आइज भन्ने उमेरकी एक बूढी हजुरआमाले स्नातक गरेर नयाँ कीर्तिमान कायम गरेकी छिन्। पढ्नका लागि उमेरको बन्धन हुँदैन भन्ने तथ्यलाई प्रमाणित गर्ने यी हजुरआमा हुन् पन्चानब्बे वर्षकी नोला ओक्स । उनले शनिबार इतिहास विषयमा कन्सासको फोर्ट हायास स्टेट युनिभर्सिर्टीबाट स्नातक उपाधि प्राप्त गरेकी हुन् ।
यो उपाधिसँगै उनले सबैभन्दा पाको उमेरमा स्नातक उपाधि प्राप्त गर्ने अमेरिकी कीर्तिमान राखेकी छिन् ।
रमाइलो कुरा त के रह्यो भने नोला कै २२ वर्षकी नातिनीले पनि उनीसँगै स्नातक उपाधि प्राप्त गरेकी थिइन् । दायाँ छेउमा देखिने चाहिँ उनकी २१ वर्षीया नातिनी हुन् सँगै स्नातक गर्ने।

नोलाको जन्म प्रथम विश्वयुद्ध भन्दा अगाडि सन् उन्नाइस सय एघारमा भएको थियो । कलेजको कोस्र उनले सन् उन्नाइस सय तीसमा नै लिएकी थिइन् । तर चार-चार जना छोराहरु हुर्काउनु पर्ने भएकोले उनले पढाइमा ध्यान दिने मौका नै पाइनन् ।सन् उन्नाइस सय अठहत्तरमा पतिको मृत्यु भएपछि उनले फेरि पढाइ गर्न थालेकी थिइन् । त्यतिबेला उनको उमेर छयहत्तर वर्षको थियो ।

अब स्नातक उपाधि पनि प्राप्त भयो । के छ त उनको विचारउनी भन्छन् अब मलाई जागिर खाने मन छ समुद्री जहाजमा जसमा बसेर म विश्वयात्रा गर्न सकूँ ।

No comments: