Friday, May 25, 2007

पेस्तोलको रहस्य खुलेन

काठमाडौं, जेठ ७ - युवतीलाई हत्या गरी आत्महत्या गर्नर्ेे कुलेश्वरका युवकले आइतबार प्रयोग गरेको पेस्तोलबारे परिवारले अनभिज्ञता प्रकट गरेको छ ।
चोभार सल्लाघारीमा तेह्रथुमकी २१ वषर्ीया प्रवीना ढुंगानाकोे गोली हानी हत्या गरेपछि आत्महत्या गर्ने कुलेश्वरका २५ वषर्ीय पुकार सिग्देलका परिवारले हतियारबारे थाहा नभएको बताएका छन् । उनीसँगै हुर्केका र मन मिल्ने दौंतरीसमेत देशबाहिर रहेको उनको परिवारको दाबी छ ।
महानगरीय अपराध महाशाखा हनुमानढोकाले हतियार अनुसन्धानको जिम्मा कालीमाटी प्रहरी प्रभागलाई दिएको छ । प्रभाग प्रमुख डीएसपी सुरेन्द्रविक्रम शाहका अनुसार प्रयोग भएको पेस्तोल फलामे कालो रंगको छ । पेस्तोलमा गोली राख्ने म्यागजिनको भाग काठको छ । 'नाइन एमएम' क्षमताको गोली लाग्ने पेस्तोलको 'रेन्ज' १५ गज रहेको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ ।
अंग्रेजीमा 'मेड इन अमेरिका' र 'पिस्तल' लेखिएकाले अमेरीकी ब्रान्ड नभई भारतमा बनेको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरीको अनुमान छ । यो हतियार नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनासँग नभएको अपराध महाशाखाको दाबी छ ।
'सधैँ रोमान्चकारी मुडमा हुन्थ्यो, प्रेमसम्बन्धबारे हिजोको घटनापछि थाहा पाइयो,' युवकका दाजु पवनले कान्तिपुरलाई भने- 'सुगरबाट बिरामी भएकाले ६ महिनादेखि मसँगै सुत्दै आएको थियो ।' उनले पाटन अस्पतालबाट उपचार गराइरहेका थिए ।
'म छांगाबाट खसेझंै भएको छु, पुकारले हतियार कसरी पायो भन्ने विषयमा टोलवासी चकित छन्,' पवनले भने । उनले शनिबारमात्रै आफूसँगै तास खेलेको खुलासा गरे । पवनले भने- 'सबै कुरा खुलेर भन्थ्यो, तर पे्रमबारे छिसिक्कसमेत थाहा पाइनँ ।'
Posted on: 2007-05-21 20:47:50 Kantipur Daily

No comments: