मान्छेको अपहरण होस् या हत्या नै जे गरेपनि कानुनीले माखो नमार्ने घटनाको प्रत्यक्षदर्शि नेपालीहरुको लागि एउटा आश्चर्यजनक खवर छ । मदिरा सेवन गरेर सवारी चलाएको विषयमा पनि यही पृथ्वीको कुनै कुनामा जेल सजाय हुने रहेछ । त्यो पनि सामान्य ब्यक्तिको लागि हैन चर्चित सुन्दरीलाइ नै हो ।
यो खवर हो अमेरिकाको । उपद्रोका कारण सधै चर्चामा आउने अमेरिकी मोडल पेरीस हिल्टनले अघिल्लो वर्ष मदिरा सेवन गरेर गाडी हाँकेको अभियोगमा ४५ दिनको जेल सजाय पाएकी छिन् । नेपालीका लागि भएन त नौलो खवर ।
लस एन्जलसस्थित एक अदालतले २६ वर्षीया हिल्टनलाई दिएको सजायबारे पुष्टि गर्दै जेलमा रहँदा कुनै पनि कार्य गर्न नपाउने फैसला गरेको समाचार पढ्दा मलाइ झलझली नेपालको यर्थाथ आँखामा आयो ।
रातो झण्डा बोकेर बसको छतभरी बसेर जिन्दावाद र मुर्दावादको नारा लगाएको समुह निलो पोशाक लगाएको ट्राफिकले टुलुटुलु हेरेको सम्झना आयो । दिनदहाडै घरवाट अपहरण गरेर मरणासन्न हुनेगरी पिटेर सानसंग हिडेका योङ्ग कम्युनिष्ट लिगका बहादुर कार्यकर्ताको सम्झना आयो अनी राजनीतिक संरक्षणकै आधारमा दिनदहाडै सडकमा उदण्डा देखाउने बहादुर नेपालीहरुको याद आयो ।
अमेरिकाले लिने विदेश नीतिको विरोध हुनु स्वभाविक नै हो । तर जे भएपनि त्यहा कानुनी राज्य त छ नी ।
अब लर्गौ हिल्टनकै चर्चातिरआगामी जूनबाट सुरु हुने उनको जेल सजायको चर्चा यतिबेला हलिउडमा निकै चल्न थालेको छ । सन् १९८१ मा न्युयोर्कमा जन्मिएकी हिल्टन सानै उमेरदेखि मोडलिङमा प्रवेश गरेकी थिइन् । एकताका समिलंगी इन्द्रिगा कारासेससँग यौन मामलामा जोडिएपछि अखबारका रंगीन पानाहरुमा थुप्रैपटक छाइन् । हलिउडका चर्चित स्टारहरुसँग बढी समय बिताउन रुचाउने उनको जीवनशैली आफ्नै खालको छ ।
नशामा गाडी कुदाउने उनको पुरानो वानी प्रहरीको लागि टाउको दुखाइको विषय बनेको थियो । एजेन्सीहरुका अनुसार प्रहरीले उनको यो व्यबहारलाई चुनौतिको रुपमै लिएको थियो । तेस्रो पटकको गल्ति भने उनको लागि साच्चिकै जोखिमपुर्ण बन्यो । अमेरिकी प्रहरीले उनको लाइसेन्ससमेत जफत गरेको छ ।
ुम माफि चाहन्छु आइन्दा यस्तो काम फेरी दोहोर्याउने छैनु उनले यसरी न्यायधिषसंग गरेको अनुनय पनि काम लागेन । उनको बारेमा छुट्टै ब्लग समेत फेला पर्यो आज । उनको ब्लग हेर्ने हो भने parishiltonblog.org जानुहोला वा यहाँ क्लिक गर्नुहोला ।

No comments:
Post a Comment