कीर्तिपुर, जेठ ६ - प्रवीना र पुकार बिहे गर्ने निक्र्यौलमा पुगिसकेका थिए । प्रवीनाको परिवारलाई भने उनीहरूको सम्बन्ध मन परेको थिएन । पुकारले प्रवीना आफ्नो नभए, अरूको पनि हुन नदिने धारणा बनाए ।
त्यही भएर, प्रेमपत्र फिर्ता गर्ने निहुँमा बोलाएर उनले प्रेमिकालाई गोली हाने । उनको ज्यान गएको केही बेरपछि सोचमग्न प्रेमीले त्यही पेस्तोलले आफ्नो कञ्चटमा हाने ।
प्रहरीका अनुसार चोभार सल्लाघारीमा आइतबार दिउँसो तेह्रथुमकी २१ वषर्ीया प्रवीना ढुंगानाको हत्या भएको थियो भने कुलेश्वरका २६ वषर्ीय पुकार सिग्देलले आत्महत्या गरेका थिए ।
पुकारले सल्लाघारीबाट करिब २ किलो मिटर दूरीमा रहेको त्रिभुवन विश्वविद्यालयस्थित शिव मन्दिर परिसरमा पुगेर आफैंलाई हानेका थिए । महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी उपेन्द्रकान्त अर्यालका अनुसार युवतीको टाउको पछाडि एक राउन्ड गोली हानिएको छ । शरीरको अन्य भागमा चोट छैन ।
युवक गोली लागेर छटपटिरहेका बेला बटुवाले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको कीर्तिपुर प्रहरीले उनलाई वीर अस्पताल पुर्याएको थियो । महाशाखाका अनुसार उपचारका क्रममा उनको मृत्यु भएको
थियो ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार युवतीलाई प्रहार गरेको खोका ती युवकले बगलीमै बोकेका थिए । साथै ट्याङ्लाफाँटबाट प्रहरीले पेस्तोल र तीन राउन्ड गोली, युवकको पर्सर्मा युवतीको सामूहिक तस्बिर,
उनको पासपोर्ट, मोबाइल फेला पारेको छ ।
महाशाखाका अनुसार युवकले मदिरा सेवन गरेको पाइएको छ । युवतीको सामूहिक तस्बिरमा ती युवक देखिँदैनन् । साताअघि प्रवीनाको पूर्वी नेपालका एक युवकसँग पोखरामा विवाह भएको थियो । सल्लाघारीबाट प्रहरीले बिहेका सबै तस्बिरका नेगेटिभ, दुलाहाको कम्प्युटरबाट पि्रन्ट गरेको फोटो र सिन्दुरको डिब्बा फेला पारेको छ । बिहानको खाना खाई हिँडेकी प्रवीनाले परिवारका कुनै पनि सदस्यलाई जानकारी नगराई घर छाडेकी थिइन् ।
ती युवकले उनलाई पुराना प्रेमपत्र फिर्ता गर्ने बहानामा बोलाएको आशंका प्रहरीको छ । उनीहरू बस चढेर सल्लाघारी पुगेका थिए ।
पुकारका दाजु पवनले प्रहरीलाई बताएअनुसार उनी बेला-बेला प्रेमिका रहेको खुलासा गर्थे । केही साताअघि मात्रै उनले पवनसँग १८ हजार मागेका थिए । दाजुले रकम दिने आश्वासन पनि दिएका थिए । पेस्तोल खरिदका लागि रकम मागेको हुनसक्ने प्रहरीको अनुमान छ । चार वर्षअघि सिंगापुरबाट होटल व्यवस्थापन विषयमा डेढ वर्षेे कोर्ष गरेका उनी केही दिनमै क्यानडा जाने तयारीमा थिए । उनी नक्सालस्थित 'नेक्सस' इन्स्िटच्युटमा अध्यापन गराउँथे । प्रहरीका अनुसार युवतीसँग सिग्देल परिवारले बिहेको प्रस्ताव राखेको थियो । परिवारले त्यो अस्वीकार गर्नुको कारण खुलेको छैन ।
एसएसपी अर्यालका अनुसार घट्टेकुलोमा दुलाहासँग बस्दै आएकी ती युवतीको साथमा रहेको झोलामा बालुवाटारस्थित नेसनल कलेज फर हाइयर एजुकेसनमा बीबीएस अध्ययन गर्दै गरेको परिचयपत्र फेला परेको छ ।
युवतीका श्रीमान् राजधानीमा एक गैरसरकारी संस्थामा कार्यरत छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा पोस्टमार्टमपछि युवतीका अभिभावक, श्रीमान् र युवकका परिवार पुगेका थिए ।
Posted on: 2007-05-20 20:36:51 kantipur Daily
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment